आज राति यी ठाउँमा पर्दैछ पानी, भोलिदेखि ठूलो वर्षा हुने

काठमाडौं । आज राति केहि स्थानमा हल्का वर्षको संभावना रहेको छ । मौसम विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

राति कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

तर मंगलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी , बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स