आज राति कहाँ पानी पर्छ ? यसो भन्छ मौसम विभाग

काठमाडौं । आज राति केहि स्थानमा पानी पर्दैछ । मौसम विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागमा हल्का पानी पर्दैछ ।

विभागका अनुसार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स