आज राति यी ठाउँमा पर्दैछ पानी

काठमाडौं । मौसम विभागका अनुसार आज राति केहि स्थानमा पानी पर्ने भएको छ । साथै हावाहुरी मेघ गर्जन र चट्याङ् को समेत संभावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स