अबको तीन दिन यी ठाउँमा अति नै ठूलो पानी पर्ने

काठमाडौं । अबको तीन दिन पानी पर्ने मौसम सक्रिय रहने छ ।
मौसम विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै गरि सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ ।

भोलि मिति २०८१।०५।२७ गते साँझ देखि मिति २०८१।०५।२९ गते विहान सम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स