आज राति यी ठाउँमा पर्दैछ ठूलो पानी ,चट्याङको पनि संभावना

काठमाडौं । आज राति केहि स्थानमा ठूलो पानी पर्ने भएको छ । मौसम विभागका अनुसार कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स