आज राति पूर्वको केहि स्थान र पश्चिमको धेरै स्थानमा ठूलो पानी पर्ने

काठमाडौं । मौसम विभागको अनुसार पूर्वको केहि स्थान र पश्चिमको धेरै स्थानमा आज राति ठूलो पानी पर्ने संभावना रहेको छ ।

पूर्वको कोशी प्रदेशको केहि स्थानमा ठूलो पानी पर्ने छ । नेपालको मध्यभागमा धेरै ठूलो पानी पर्दैन । तर गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

राति देशभर साधारणतया बदली रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स