यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं । आज राति कुनै प्रदेशमा मध्यम एवम् भारी वर्षा हुने भएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरु साथै बागमती र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स