काठमाडौं । मौसम विभागका अनुसार अब नेपालको पश्चिमी भूभागमा धेरै पानी गर्ने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशकोकेहि स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
विभागको अनुसार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।