आज राति यी ठाउँमा धेरै पानी पर्ने चेतावनी

काठमाडौं । मंगलबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम विभागले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको र सतर्क रहन चेतावनी समेत विभागले दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स