यी हुन आज राति धेरै पानी पर्ने र सतर्क रहनुपर्ने ठाउँ

काठमाडौं । मौसम विभागका अनुसार आइतबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

तर कोशी,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । यी स्थानमा भने सतर्क रहनुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स