आजको मौसम : केही भू-भागमा आंशिक बदली

काठमाडौं । आज दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स