साताभरि नै देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू-भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू-भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै हिमाली भू-भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू-भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु-कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स