काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसो र साँझपख सामान्य वर्षा हुने सम्भावना रहेको छ ।
आज राति देशभर सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने मौसमविद्को भनाइ रहेको छ ।
हाल नेपालको मौसमी प्रणालीमा भारतको पूर्वी राजस्थान आसपासमा रहेको न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले भारी वर्षाको सम्भावना न्यून भएको हो ।