आज यी स्थानमा मनसुनी वायुको सामान्य प्रभाव रहने

काठमाडौं । हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । राजधानी काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स