आज काठमाडौंको मौसममा बदली रहने, तराईका विभिन्न जिल्लामा शितलहर चल्ने

काठमाडौं । आज काठमाडौंको मौसममा बदली रहने र तराईका विभिन्न जिल्लामा शितलहर चल्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज काठमाडौंको बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौं उपत्यकाको मौसममा बदली भई तापक्रम अझै घट्दै जाने विभागले जनाएको छ । केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चल्ने जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

शनिबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको आजसम्मकै न्यून २.६ डिग्री सेल्सियस रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स