आज राति यी स्थानमा पानी पर्ने, उपत्यकामा के हुँदैछ ?

काठमाडौं । आज शनिबार साँझ देशभर मौसम साधारणदेखि पूर्णतया बदली छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी प्रदेश र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

आइतबार दिउँसो पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार आइतबार रातिबाट भने मौसम सुधार हुने सम्भावना छ। आइतबार राति कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको मात्र सम्भावना छ। अन्य स्थानमा भने वर्षा वा हिमपात केहीको पनि सम्भावना देखिएको छैन।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स