काठमाडौं । नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेहरु निरन्तर घटिरहँदा सरकारले आफै त्यसमा ध्यान दिन सकिरहेको छैन । तर सरकारको संयन्त्रमा बसेकाहरु भने लगानीकै वातावरण बिगार्न माहिर बनिरहेका छन् ।
ठूलो लगानी गरेर कमजोर प्रतिफल आउने उपमा पाइरहेको उत्पादनमूलक क्षेत्रलाई अझ वातावरण बिगार्ने काम पछिल्लो सयय नेपाल विद्युत प्राधिकरण र यस निकायका कार्यकारी प्रमुख कुलमान घिसिङले गरिरहेका छन् ।
यसरी लिसो लगेका छन् की स्थापित उद्योगहरु बन्द गरौं ! जसमा सरकारको नेतृत्वकर्ताहरुले अर्थतन्त्रको चिन्ता गर्दै आक्रमक नहुन भन्दा पनि उनी विविध बाटो खोज्दै अघि बढेका छन् ।
उनले विगतको प्रमाणित नहुने बक्यौतालाई अघि सारेर लामो समय उद्योग बन्द नै गरे । यसले गर्दा नेपालको अर्थतन्त्रमा धक्का नै लागेको छ ।
सरकारको आम्दानी स्रोत राजस्वमा ठूलो धक्का पुग्ने र अर्थतन्त्र नै बिग्रने भएपछि सरकारले विभिन्न माध्यमबाटलाइन काट्न बन्द गर्यो ।
अब घिसिङ नयाँ फण्डा बोकेर नियतबस लागेको स्पष्ट देखिएको छ । उद्योग नाफामा छ । एक छिनलाई मान्ने हो भने प्राधिकरणले तोकेको बक्यौता र किस्ता समय अनुसार तिर्न सक्षम समेत छ । यस्तो अवस्थामा पनि ३४ वटा उद्योगको लागनी जोखिममा पर्ने विषयमा बालेको छ ।
त्यति मात्रै हैन ।
डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर महसुल नतिरेका भिनएका ३४ उद्योगलाई सेयर जारी गर्ने अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई पत्रसमेत पठाएको छ ।
धितोपत्र बोर्डलाई पत्र पठाएर सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भएकाले बक्यौता नतिर्ने उद्योगलाई सेयर बिक्री इजाजतमा रोक लगाउन पत्र पठाएका पाइएको हो ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ग्राहकहरूमध्ये विद्युत् महसुल बक्यौता भएका कम्पनी एवम् निकायहरूलाई पटकपटक विभिन्न समयावधि दिइएकोमा सो बक्यौता रकम भुक्तानी नगरेको कारण हालसम्म महसुल असुलउपर हुन नसकेको बक्यौतासम्बन्धी विवरण यसै साथ संलग्न छ ।
सर्वसाधारणमा सेयर जारी गर्ने इजाजतको लागि तहाँ निवेदन दिई कारबाही अगाडि बढाएमा विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ (क) बमोजिम सरकारी बाँकी सरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका निकाय वा कम्पनीमा सर्वसाधारणलाई सेयर बिक्रीको ईजाजतमा रोक लगाई प्राधिकरणको रकम असुली गर्न र सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने अवस्थाको संरक्षण गर्ने कार्यमा आवश्यक सहयोग सहयोग गरिदिन पत्रमा उल्लेख छ ।
धितोपत्र बोर्डलाई मात्रै नभई प्राधिकरणका घिसिङले नेपाल राष्ट्र बैंकलाई समेत पत्र लेखेका छन् । जसमा बैंक खाता नै रोक्न भनेका छन् । हजारौलाई रोजगारी प्रदान गरिरहेको, अर्बौ रुपैयाँ राजस्व प्रदान गरिरहेको कम्पनीहरुमा कुनै सूचकमा समेत समस्या नहुँदा बैंक खाता रोक्का गर्न के हुन्छ भन्ने विषयको आँकलन नै नगरि घिसिङ आफ्नो लक्ष्य अनुसार अघि बढिरहेका छन् । उनको लक्ष्य नै उद्योग बन्द गराइरहुँ भन्ने छ ।
प्राधिकरणकै एक अघिकारी भन्छन्, ‘पछिल्लो समय उनी उद्योग बन्द गर्ने तयारी मै छन् । यसमा मुख्यतय दुई वटा कारण जोडिएको छ । पहिलो कारण पहिले देखिकै इगो छ । त्यसमा अडिक भएर लागिरहेका छन् । दोस्रो कारण हो, घिसिङको कार्याकाल समेत सकिदै छ, उक्त त्यस समयमा उद्योगबाट प्राधिकरणकै उठ्ने राजस्व कमी होस् भन्ने चाहन्छन् ।’
अर्थात् नयाँ आउने कार्यकारी प्रमुख सफल बाटोमा नहिडोस् भन्ने चहना घिसिङको रहेको ती अधिकारी बताउँछन् ।