काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । यस अघि पनि सीईओ भैसकेका जोशीलाई पुन नियुक्त दिइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशिलाई नियुक्त गरेको हो ।
अन्तिम तीनमा जोशीसहित धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो रहेका थिए ।