गत महिना ७२ हजार पर्यटक नेपाल आए, भारतको मात्रै २५ हजार

काठमाडौं । गत अगस्ट महिनामा नेपालमा ७२ हजार ७ सय २९ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको यहि महिनाको तुलदनामा यो संख्या ८ दशमलव २९ प्रतिशत बढी हो ।

गत वर्षको त्यस समयमा ६७ हजार १ सय ५३ जना नेपाल आएका थिए । करिव ५ हजार जना नेपालमा घुम्न आउनेको संख्या बढेको छ । जुलाईको तुलनामा समेत पर्यटकको संख्या बढेको छ । जुलाईमा ७१ हजार ९ सय ४ जना नेपाल घुम्न आएका थिए ।

नेपालमा घुम्न आउने सबैभन्दा धेरै भारतको रहेको छ । जहाँको २५ हजार ८ सय ३२ जना नेपाल आएका छन् ।

चीनको ६ हजार ६ सय १४ जना ,अमेरिकाको ५ हजार ६ सय १४ जना , श्रीलंकाका ४ हजार ८ सय ५१ जना , श्रीलंकाको ४ हजार ८ सय ५१ जना र बंगलादेशको ३ हजार ७७ जना नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स