संस्कृति तथा पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड बजेट, पर्यटन दशक मनाइने

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी तथा विदेशी पर्यटनलाई प्रवद्र्धन गर्न तथा यसका लागि पूर्वाधारहरू निर्माण गर्न सो रकम विनियोजन गरेको हो । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

सन् २०२३–०३२ लाई पर्यटन दशकका रूपमा मनाइने जनाइएको छ । ‘अतिथि देवो भवः भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिनेछ । सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याइनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल घुमौं, नेपाल चिनौं भन्ने नारासहित अभियान सञ्चालन गरिनेछ,’ बजेटमा भनिएको छ, ‘हिमाली क्षेत्रको सुन्दरताको अवलोकन तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म जोड्ने ग्रेट हिमालयन ट्रेल निर्माण कार्यलाई तीव्रता दिइनेछ ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षण लगायतका पूर्वतयारीका कार्यका लागि बजेट

छुट्याइएको छ । ‘लगानी मोडालिटी तय गरी यस विमानस्थलको निर्माण कार्य अघि बढाइनेछ,’ बजेटमा भनिएको छ । २०८३ भित्र सम्पन्न गर्ने गरी काठमाडौं–तराई–मधेश द्रुतमार्गको निर्माण कार्य अगाडि बढाइने जनाइएको छ । त्यसका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स