मोटरसाइक्लिङ सम्मेलन असोज १५ गतेदेखि, २ दर्जन टु ह्वील टूरिङका गन्तब्य सार्वजनिक गरिने

काठमाडौं । नेपाल अटोमोवाइल्स एशोसिएशन (नासा) को आयोजनामा मोटरसाइक्लिङ सम्मेलन हुने भएको छ । सम्मेलन असोज १५ र १६ गते तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा हुनेछ ।

सेफ्टी, सस्टेनबिलिटी एण्ड टु ह्वील टूरिङ शीर्षकमा हुने सो सम्मेलनमा माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल डे मोटरसाइक्लिज्म (एफआईएम) र नेपाल पर्यटन बोर्डको सहयोग तथा प्रमोशन रहनेछ । कार्यक्रममा सुरक्षा लुब्रिकेंटको मुख्य प्रायोजन हुनेछ ।

नेपलमा मोटरसाइकल र स्कुटर को संख्या ३० लाख भन्दा ज्यादा रहेको, तिनको सुरक्षा र त्यसबाट हुने फाइदाको बारेमा एकीकृत धारणा बन्न नसकेको अवस्थामा सम्मेलनमा वृहत छलफल गरिनेछ ।

सम्मेलनमा मुलत मोटरसाइकल सुरक्षा, मोटरसाइकल मार्फत पर्यटन प्रवद्र्धन क्षेत्रिय इभेन्ट मार्फत टु ह्वील टुरिङ, महिला सशक्तिकरणको लागि मोटरसाइकल ,पर्यटन बोर्ड र शाहसिक पर्यटनमा सहकारी, टु ह्वील टूरिङका प्रस्तावित गन्तव्यहरु, टूरिङ मर्शलिङ, लाइसेन्सिङ व्यवस्था, हेल्मेट टेस्टिङ र गुणस्तरीय हेल्मेट, एफआईएम, नासा नेपाल र डब्ल्यूआईएमए नेपाल, मोटरसाइकल स्पोर्ट्स र नेपाल जस्ता विषयमा छलफल गरिनेछ ।

सन् २०१७ मा पहिलो पटक शुरु गरिएको मोटरसाइकल कन्फ्रेन्सको यो तेस्रो संस्करण हो, जसको दोश्रो संस्करण २ वर्ष अगाडी भएको थियो ।

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई , नेपाल पर्यटन बोर्डका वरिष्ट निर्देशक हिक्मत सिंह ऐर, ट्रयाक्स एन जी ओ नयाँदिल्ली की रजनी गान्धी, पुत्रा युनिभर्सिटी मलेसियाका डा. कुलान्थान मणि, एफआईएमका डाइरेक्टर डामिआनो जमानाले आ-आफ्नो पेपर प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य न्वाङ्ग निमा शेर्पा, नासा नेपालका महासचिव सुसिल तण्डुकार, सचिव सन्तोष न्यौपाने , प्रमोद श्रेष्ठ गुफी तथा विनोद तन्डुकार र विमा नेपालको समेत प्रस्तुति रहनेछ ।

टु ह्वील टूरिङका व्यावसायी र गाइड, पर्यटन व्यावसायी, राइडर तथा विभिन्न ट्राभल एजेन्सीका संचालकहरु तथा नासा नेपालका सदस्यहरु सहभागी हुने सो सम्मेलनले एड्भेन्चर स्पोर्ट्समा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

सम्मेलनको पहिलो सत्रमा नेपालमै पहिलो पटक टुरिङ्ग मार्शलको तालिम दिइने छ र आगामी दिनमा पर्यटन बोर्डको सहयोगमा परिचालन गरिनेछ ।

कार्यक्रमको अन्तमा नेपालका दुई दर्जन टु ह्वील टूरिङका गन्तब्य सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स