नेपालको नदी किनार ‘सि बीच’ को झझल्को

चितवन । बर्सेनि करोडौं रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो ।

उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएका छन् । पर्यटन क्षेत्रमा चार दशक पार गरेका उनी पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुटेको हो । उनले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैंडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गरेका छन् । सँगै ¥याफ्टिङ, ढुंगालगायतका जलक्रिडाका गतिविधिमा उनको लगानी छ ।

¥याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गरेका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा ¥याफ्टिङ चलाएका छन् । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘¥याफ्टिङ’ चलाएको अनुभव उनीसंग छ ।

सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौंमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उनी लागेको हो । उनले भने, ‘चार वर्ष जागिर खाएपछि म ¥याफ्टिङतर्फ आकर्षित भए । सुरुआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा ¥याफ्टिङमै उनले जागिर खाए । यही क्रममा सिलसिलामा उनी तालिमका लागि अमेरिका पुगे । अमेरिकाको तालिमसँगै विभिन्न देशमा उनले ¥याफ्टिङमा जागिर खाए । यही क्रममा भारतमा ¥याफ्टिङको सुरुआत आफैंले गराएको उनको दाबी छ ।’ उनले भने, ‘भारतमा सुरुआत गर्ने मै हो । नेपालमा हामीले ¥याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम ग¥यौं ।’

नेपाल फर्किएर उनले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याए । जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ । शुक्रबार साँझ सुकुटेबीच पुगेका गैंडाकोटका पत्रका गोविन्द घिमिरेले भने, ‘मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो । साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको’ उनले सुनाए ।

थापा ¥याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्ष भएकाले विदेशी पर्यटक उनको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याती कमायो । सिन्धुपाल्चोकको सांगाचोक गढी नगरपालिका–९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ ।

माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भने, ‘एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् । प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ ।’

उनको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखाबीच रहेको छ । त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उनले बताए । यस्तै हालै मात्र गैंडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उनको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० ¥याफ्टिङ डुंगा छन् । गैंडाकोटमा तीन मोटरबोट रहेको उनले जानकारी दिए ।

माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आउनुभएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा छन् ।

बर्सेनि तीन चार अर्ब विदेश घुम्नेले खर्च गरेको भन्दै उनले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।’ विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उनका तीनवटै रिसोटमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ ।

सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उनले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स