वायु सेवा निगमको पनि पुनः संरचना गरिने

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् ।

उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए ।
हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने बताउँदै पौडेलले नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स