हवाईजहाज र हेलिकोप्टरको अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले हवाईजहाज/हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयको सीएटीसीओका प्रमोद नेपाल सदस्य रहेका छन् । त्यसरी नै उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव रहेका छन् ।

समितिले नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज/हेलिकोप्टरहरुको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गर्ने छ ।

प्रत्येक वायुयानसहितको सबै वायुसेवाको सम्परीक्षण गर्नेलगायत कार्यक्षेत्र तथा सर्तहरु तोकिएका मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स