विमान सुरक्षित भएको भन्दै फ्लाइ दुबईको जहाजलाई पाइलटले लगे दुबईतर्फ

काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् ।

आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको उनले बताए । उनका अनुसार विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो ।

उनीहरुले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९ः२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०ः१ मा खोलिएको थियो । विमानमा लागेको आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । उक्त विमानमा १६७ जना यात्रु रहेको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स