फ्लाइ दुबईको विमान पाइलटले दिल्लीमा अवतरण गराउन लगे भारतीय आकासमा

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण नगरी नेपालगञ्जतर्फ गइरहेको छ । दिल्लीमा अवतरण गर्न विमान भारतीय आकासमा गएको हो । ९.२० मा उडेको जहाज काठमाडौंबाट उडेको जहाज धादिङमा दुई फन्का लगाएर पश्चिमतर्फ उडेको हो । अहिले विमान २८ हजार फिटमाथि उडिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।

‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन । पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स