हवाई भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ पैसा ?(सूचीसहित)

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटाएको छ । नागरिक उड्ययन प्राधिकरणले चैत्र २२ गते बुधबारदेखि घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो । काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ ।

काठमाडौंबाट–माउण्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेको छ । काठमाण्डौ–भद्रपुरको भाडा ३०० रुपैयाँ, काठमाण्डौ–विराटनगर भाडा २४० रुपैयाँ, काठमाण्डौ–नेपालगञ्जको भाडा ३२५ रुपैयाँ, काठमाण्डौ–सुर्खेतको भाडा ३४५ रुपैयाँ, पोखरा–विराटनगरको भाडा ३५५ रुपैयाँ, पोखरा–धनगढीको भाडा ३४५ रुपैयाँ, विराटनगर–भैरहवा रुटको भाडा ३९० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स