बेलायती कम्पनीले किन्यो प्रभु ग्रूपको ४ वटा हेलिकोप्टर

एयरबसको हेलिकोप्टर किन्ने योजना

काठमाडौं । प्रभु ग्रूपको चार वटा हलिकोप्टरले बेलायती कम्पनीले किनेको छ । ग्रूपको ४ वटा रोविन्सन हेलिकोप्टर २६ करोड ३३ लाख रुपैयाँ अर्थात २० लाख अमेरिकी डलरमा बेलायती कम्पनीले खरिद गरेको हो । बेलायती कम्पनी हेलि सर्वलाई प्रभुले हेलिकोप्टर बिक्री गरेको प्रभू ग्रूपका अध्यक्ष देवीप्रकाश भट्टचनले हाम्रोअर्थलाई बताए ।

‘ती हेलिकोप्टर साना भएकाले ठूला हेलिकोप्टर खरिद गर्नको लागि बिक्री गरेका हौं,’ उनले भने ‘ती हेलिकोप्टर अलि फरक थिए अर्थात हाई अल्टिच्युड उडानमा क्षमता कम थियो ।’ रोविन्सनले १२ हजार फीट भन्दा कम उचाईमा मात्र उडान गर्दै आएको थियो । चार वटा हेलिकोप्टर बिक्री गरेपछि अहिले ग्रूपसँग २ वटा हेलिकोप्टर बाँकी रहेको छ । कम्पनीले एयरबस ल्याउन उक्त हेलिकोप्टर बिक्री गरेको हो ।

कम्पनीले एयरबस एएस ३५०–बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्ने योजना बनाएको छ । ६ महिनाभित्रै कम्पनीले एउटा एयरबस हेलिकोप्टर किन्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स