काठमाडौं । कोरोना महामारीमा सञ्चालनको प्रेसर थेग्न नसकेर बन्द भएको होटल डेल अन्नपूर्ण पुनः सञ्चालनमा आउने भएको छ । होटल सञ्चालक सिर्जना राणाले यसै आवको अन्त्यसम्म होटल सञ्चालनमा ल्याउने तयारी गरेको बताइन् । अब होटल नयाँ संरचनाका साथ सञ्चालनमा आउँछ ।
‘अहिले नै फूल फेसमा होटल सञ्चालनमा नआएपनि यसै आवमा होटल खुल्छ,’ उनले भनिन् ‘अहिले पनि त्यति सहज भइसकेको अवस्था छैन । तै पनि सधै होटल बन्द गरेर पनि भएन, होटल बन्द हुँदा त्यत्रो सम्पत्ति त्यतिकै परेको छ ।
कोभिड–१९ का कारण तत्काल व्यापार व्यवसायमा सुधार हुने अवस्था नदेखेपछि होटल व्यवस्थापन पक्षले होटल बन्द गर्ने निर्णय गरेको थियोे ।
‘दरबारमार्गको प्राइम लोकेसनमा ४० रोपनी क्षेत्रफलमा फैलिएको ५५ वर्ष पुरानो हो,’ होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी होटल सञ्चालक सिर्जना राणाले भनिन्, ‘अब होटल सञ्चालन गर्नुपछर्, नयाँ स्वरुपमा आउँदैछ ।’
५५ वर्ष पुरानो होटलमा ३६० कर्मचारी थिए । होटेलमा ४० वर्षदेखिका पुराना कर्मचारी छन् । होटल बन्द गर्दा राणाले भनेकी थिइन ‘म अब यो होटललाई ३६० डिग्रीबाट परिवर्तन गर्छु । पहिलेको जस्तो त पक्कै हुँदैन।’