सर्वसाधारणको लागि कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

काठमाडौं । सर्वसाधारणको लागि कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि निष्कासन हुने भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ माघ ३ गतेदेखि आउने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको १० प्रतिशतले हुने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स