हिमालय एअरलाईन्सका जहाजहरु अब जीवनदायी अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर सहित उड्ने

काठमाडौं । यात्रु सुरक्षालाई नै आफ्नो प्रमुख ध्येय लिएको नेपाल-चीन संयूक्त लगानीको हिमालय एअरलाईन्सले यसै साता आफ्ना सबै जहाजहरु (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखेको छ ।

उक्त जीवनदायी मसिन राखिए पश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगत भन्दा अब उप्रान्त निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने कम्पनीको दावी छ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति चलायमान राख्न मद्दत गर्दछ । यस कार्य पश्चात हिमालय एअरलाईन्स् जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स् कम्पनी भएको छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास-प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केहि सातादेखि हिमालय एअरलाइन्स्का सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मसिनको प्रयोग बारे यथेष्ट तालिम समेत दिएर दक्ष र निपूण पारिएको छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटरले ज्यान जोखिममा परेका यात्रुहरुको जीवन पुनः फर्काउने हुँदा उडान यात्राभर तिनको विशेष महत्व हुने गर्दछ । तिनले अचानक हृदयगति बन्द भएका वा हुन लागेका बिरामीको हृदयगतिलाई पुनः सामान्य रुपमा फर्काउन मद्दत गर्ने हुँदा उडानमा यस्ता मसिनको उपलब्धताले नै अचानक हुनसक्ने हृदयघात, मुटु–फोक्सो असफल हुने समस्या (कार्डिक अरेष्ट) जस्ता खतरनाक स्वास्थ्य स्थितिलाई धेरै हदसम्म उल्ट्याउन र सफलतम् उपचार समेत गर्न सकिने हुँदा मध्य आकाशमा समेत बिरामीको ज्यान बचाउन सकिन्छ ।

उडानरत जहाजमा यस्ता मसिनको अभावमा कथं कदाचित कुनै यात्रुको हृदयगति बन्द हुने समस्या आइपरेमा बिरामीको उपचारको खातिर जहाज फर्काउनु पर्ने हुनसक्छ र उपचारमा आशातीत सफलता प्राप्त नहुन पनि सक्छ ।

एअरलाइन्स्ले यस्ता मसिनहरु आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य-सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एअरलाइन्स्ले आफ्ना ग्राउण्डका सबै कर्मचारीहरुलाई समेत सो डफिब्रिलेटरको प्रयोग बारे वृहत तालिम दिएको छ ।

तसर्थ, हिमालय एअरलाइन्स् त्रिभुवन विमानस्थलमा यस्तो सेवा पु¥याउने एकमात्र कम्पनी भएको छ, जसले विमानस्थल भ्रमण गर्ने कुनै पनि यात्रुमा आकस्मिक समस्या आइपरेमा सो को निराकरण गर्दै स्वस्थ सुरक्षाको सुनिश्चितता गर्न सकिने हुन्छ ।

आफ्ना जहाजहरुका साथै कार्यालयहरुमा समेत यस्ता मसिनहरु राख्नु हिमालय एअरलाइन्स्को सुरक्षित यात्रालाई निरन्तर प्रबद्र्घन गर्ने वृहत् प्रयासको एक हिस्सा हो ।

मध्य आकाशमा उडिरहँदा आकास्मिकरुपमा यदि कुनै यात्रुको हृदयगति बन्द हुन पुगेमा सफलतम् उपचार प्राप्त गर्न सक्ने खबर वास्तवमै हिमालय एअरलाइन्स्का सबै यात्रुहरुका लागि सुखद् र प्रेरणादायी हुन सक्नेछ भन्ने आशा एअरलाइन्स्ले लिएको छ । एअरलाइन्स्का सबै उडान कर्मचारीहरुको पहुँचमा उक्त सेवा रहेको र यात्रुहरुको सेवाका लागि उनीहरु सवल र सक्षम रहेका पनि बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स