हुम्लामा तारा एयरको जहाजमा चिल ठोकिदा के भयो ?

काठमाडौं । हुम्लाको मने लेक नजिकै तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किँदा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । बुधबार दिउँसो १२ः४५ बजे नेपालगन्जदेखि सिमकोट विमानस्थल हुम्ला आउँदै गरेको ९ एन–एकेएल कलसाइन भएको तारा एयरलायन्सको जहाज सिमकोट विमानस्थलमाअवतरण गर्न करिब २ मिनेट अगाडि जहाजको टुप्पोमा चिल ठोक्किएको थियो ।

बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। विमानस्थल पुग्नु ४–५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको सुवेदीले बताए।
जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए । उनीहरू सुरक्षित रहेका छन्

चिलसँग जहाज ठोक्किएपनि हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षित रुपमा जहाज अवतरण गरिएको छ । सिमकोट विमानस्थलका कर्मचारीहरूका अनुसार जहाजको अगाडिको भागबाट चिल ठोक्किएर जहाजको नोजभित्र चिल छिरेको छ ।

नेपालगन्जदेखि चामल लिएर आएको जहाजमा चालक दलका तीन जान सदस्य भने सर्कुलर रहेको र अहिले उक्त जहाज सिमकोट विमानस्थलमै राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स