गौतम बुद्ध विमानस्थलबाट सञ्चालन गर्न पनि उठाउन नसकेपछि प्राधिकरणले ल्यायो रणनीति, अब चार्टर्ड उडान भैरहवाबाटमात्रै

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न नपाइने निर्णय गरेको हो । अब चार्टर्ड उडान गर्न चाहनेहरू भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नु पर्ने निर्णय गरेको हो ।

भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च पनि नउठ्ने भएपछि प्राधिकरणले विमान कम्पनीहरूलाई भैरहवा जान बाध्य पार्न थालेको हो । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको हो ।

काठमाडौं विमानस्थलबाट ३ भन्दा बढी उडान गर्ने कम्पनीलाई प्राधिकरणले एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । तर भैरहवाबाट उडान गर्न थप समय माग्दा माग्दै प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान समेत कटौती गरिदिएको छ ।

एयरलायन्सको उडान कटौती हुँदा ६ महिनादेखि अगाडिदेखि टिकट काटेका यात्रु अलपत्र परेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स