विश्वकपलाई लक्षित गरी कतार एयरवेजले थप्न लाग्यो १० हजार कर्मचारी, नेपाली पाउँछन् त जागिर ?

काठमाडौं । कतार एयरवेजले १० हजार कर्मचारी थप्ने भएको छ । आगामी मंसिर ४ गतेबाट सुरु हुने विश्वकपलाई लक्षित गरी कतर एयरवेजले सो कर्मचारी थप गर्न लागेको हो । फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट बतार जाने हुँदा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो ।

हाल कम्पनीमा करिब ४५ हजार कर्मचारी कार्यरत छन् र विश्वकपलाई लक्षित गरी १० हजार कर्मचारी थपेपछि कम्पनीमा कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।

कोभिड मत्थर भएको अनि विश्वकपको तयारी तीव्र दरमा अगाडि बढिरहेको समयमा कतार एयरवेज बृद्धिको पथमा रहेको र यसले कम्पनीको हरेक क्षेत्रमा कर्मचारीको भर्ती गरिरहेको रोयटर्स जनाएको छ । अब भर्ना गर्न लागेका नयाँे कर्मचारीमध्ये कतिको जागिर स्थायी र कतिको अस्थायी हुने विषयमा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

कोरोना भाइरसको महामारी बेला कम्पनीले आफ्ना ३३ गन्तव्य कटौती गरी ३३ ओटा सहरमा आफ्नो यात्रालाई सीमित गरेको थियो । त्यति बेला कम्पनीले कर्मचारीको संख्या घटाएर ३७ हजारभन्दा कम पुर्याएको थियो । तर, हवाई सेवा सञ्चालन पुनः सामान्य रूपमा फर्किन थालेपछि कम्पनीले विस्तारै कर्मचारी भर्ना बढाएको हो ।

कर्मचारी भर्ती कार्यक्रमहरू फिलिपिन्स, भारत र अन्य देशहरूमा हुने बताइएको छ । नोभेम्बर २० मा कतारमा विश्वकप शुरु भएपछि नयाँ कर्मचारीमध्ये कतिलाई राखिने भन्ने पनि स्पष्ट भइसकेको छैन । विश्वकपको समयमा कतार एयरवेजले माग धान्नका लागि अन्यत्रको उडान रद्द वा कम गरेर दोहोर आइपुग्ने अतिरिक्त उडानको संख्या बढाएको छ ।

एक महिनासम्म प्रतियोगितामा कतारमा करीब १२ लाख आगन्तुक आउने अनुमान गरिएको छ । प्रतियोगिताले कतारको पूर्वाधार, आतिथ्य र सुरक्षा क्षेत्र सबैलाई दबाबमा राख्ने अनुमान गरिएको छ । एजेन्सी

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स