दक्षिण एशिया कै उम्दा होटल फूलबारी रिसार्ट लिलामीमा, कसले सकार्ला २० अर्बको सम्पत्ति

काठमाडौं । १ अर्ब ३१ को ऋण बढेर २० अर्ब पुग्दा पनि नतिरेपछि नेपाल बैंकले पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट लिलामी गर्ने सूचना निकालेको छ । नेपाल बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ । उक्त रिसोर्ट दक्षिण एशिया कै सानको रुपमा लिइने गरिन्थ्यो ।

२०५५ सालमा नेपाल बैंकको ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३५ करोड र कर्मचारी सञ्चयकोषबाट ३१ करोड रुपैयाँ कर्जा लिएको उक्त रिसोर्टले हालसम्म सावा तथा ब्याज नतिर्दा करिब १८/२० अर्ब पुगिसकेको छ ।

बैंकले पटक पटक ताकेता गर्दा, ऋण असुली न्यायधीकरणमा पटक पटक छलफल हुँदा समेत ऋणीले ऋण तिर्न कुनै चासो नदेखाएपछि लगानीकर्ताहरूको नेतृत्व गरेको बैंक नेपाल बैंकले सो सूचना निकालेको हो ।

४०० रोपनी जग्गामा फैलिएको रिसोर्टमा १६५ कोठा छन् । अहिले होटलसँग रहेको सम्पत्तिले पनि कर्जा चुक्त्ता गर्न अवस्था नरहेको बैंकले ऋणीबाट ऋण त्यसको ब्याज असुल उपर गर्न लिलामीको सूचना निकालेको हो ।

बैंकले शुक्रवार मात्रै जग्गाजमीन र रिसोर्ट भवनलगायतको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेको छ । पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुष बहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने बैंकले तयारी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स