पर्यटकले नगद बोक्नु पर्ने व्यवस्था हट्यो

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकले अनएराइभल भिसा तिर्न नगद बोक्नु नपर्ने भएको छ । अध्यागमन विभागले विदेशबाट आउने पर्यटकलाई २०० अमेरिकी डलर नगद नै बोकेर आउन जारी गरेको सूचना फिर्ता लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) अध्यागमन कार्यालयले आइतबार अनअराइभल भिसाका लागि नगद बोक्न सार्वजनिक सूचना जारी गरेको थियो ।

अध्यागमन विभागको उक्त निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध पनि भएको हो ।

पछिल्ला दिनमा पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले भुक्तानी गर्न लामो लाइन बस्नु पर्नेछ । पर्यटकलाई झन्झट नदिन नगद बोकेर आउने अध्ययागमनले अनुरोध गरेको थियो ।

रकम झिक्नका लागि राष्ट्रय वाणिज्य बैंकले सोमबार आगमन कक्षमा एटीएम मेसिन थप गरिसकेको छ । अन्तर्राष्ट्रिय कार्डमार्फत रकम भुक्तानी सहज बनाउन २ वटा पीओएस मेसिन थपेर ६ पुर्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स