नेपाल घुम्न आउने पर्यटकले नगद बोक्नु पर्ने

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकले अनएराइभल भिसा शुल्क तिर्न नगद बोक्नु पर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, धेरै विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबारबाट भुक्तानी गर्दै आइरहेका छन् ।

तर, विमानस्थलको प्रणालीले काम नगर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जानकारी दिएको छ । सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरेको हो ।

पछिल्ला दिनमा पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले भुक्तानी गर्न लामो लाइन बस्नु पर्नेछ । पर्यटकलाई झन्झट नदिन नगद बोकेर आउने अध्ययागमनले अनुरोध गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स