एड्भेन्चर हब बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट

धादिङ । एक दशक भन्दा लामो समय देखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङ सन्चालन गर्दै आएको पृथ्वी राजमार्गको आकर्षक होलिडे डेस्टिनेसन त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा ल्याएको छ ।

काठमाडौंबाट ७० किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्वब कंडेलले बताए ।

स्काइ साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्र्याकमा एकजना खेल्न मिल्छ भने अर्कोमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ भएको कंडेल बताउँछन् ।

दुइतर्फी दुरी ३५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिब्यक्ती १ हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप ५ सय रुपैयाँ लाग्ने कंडेलले जानकारी दिए ।

रिसोर्टमा जिपलाइन पनि नदि पार गर्ने गरि नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदि पारी ल्यान्डिङ हुन्छ । २०० मिटर लामो जिपलाइन खेल्न १ हजार रुपैया र फोटो भिडियो बनाउन ५०० रुपैयाँ लाग्ने रिसोर्टका सञ्चालक उद्वब कंडेलले बताए ।

जिपलाइन गरेर नदि पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ ।

पर्यटकलाई थप सुबिधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भैरहेको कंडेल बताउँछन् ।

जिपलाइन र स्काइ रोप साइक्लिङको लागत करिब २ करोड रुपैयाँ रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कंडेलले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स