साँढे सीईओको स्थानमा ‘एस म्यान’लाई नियुक्ती दिँदैः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेम आलेले आयल निगमका निवर्तमान कार्यकारी निर्देशक (एमडी) सुरेन्द्र पौडेललाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने चलखेल सुरु गरेका छन् ।

बोर्डका सीईओ डा।धनन्जय रेग्मीलाई निलम्बन गरेका मन्त्री आलेले कुशल व्यवस्थापन क्षमता भएका र सबै राजनीतिक दललाई रिझाउन जान्ने सुरेन्द्र पौडेललाई सीईओ बनाउन लागेका हुन् ।

पदीय हैसियत दुरुपयोग, नैतिक आँचरण विपरीच काम गरेको र आर्थिक अनियमितता मुछिएको आरोपमा रेग्मीलाई बोर्डको सीईओबाट पुसमै निलम्बन गरिसकेको छ ।

सीईओ रेग्मीलाई बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चार माध्यममा छाएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री आलेकै जोडबलमा पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गरेको हो ।

रेग्मी निलम्बनमा परेसँगै मन्त्री आलेले नयाँ सीईओ खोजि सकेका छन् । मन्त्री आलेको पहिलो रोजाइमा सुरेन्द्र पौडेल रहेको स्रोतले हाम्रोअर्थलाई जानकारी दिएको छ ।

पछिल्लो समय मन्त्री आले रेग्मी विरुद्ध सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका पनि छन् ।

आलेले रेग्मीलाई सार्वजनिक रुपमै ‘साँढे’ भन्ने गरेका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले रेग्मीलाई साँढे भन्दै गालीगलौज गरेका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सीईओ पदमा नियुक्त गरेको थियो ।

ओली अध्यक्ष रहेको नेकपा एमाले छोडेर हाल मन्त्री आले माधवकुमार नेपालको नेकपा ( एकीकृत समाजवादी) एसमा रहेका छन् ।

ओली सरकारले नियुक्त गरेका व्यक्तिलाई हटाएर नयाँ सीईओको रुपमा आफू निकट व्यक्तिलाई राजनीतिक नियुक्ति दिने दाउमा आले रहेका छन् ।

आलेले सीईओ बनाउन खोजेका व्यक्ति सुरेन्द्र पौडेल पनि ओली नेतृत्वकै सरकारबाटै आयल निगमका एमडी बनेका थिए ।
२०७५ पुसमा केपी ओली सरकारले नै पौडेललाई आयल निगमको एमडी नियुक्त गरेको थियो । पौडेलको पदावधी सकिए पछि उनले दोस्रो कार्यकालका लागि निगमको एमडीमा आवेदन दिएनन् । उनको आवेदन नपर्नुमा धेरैले आश्चर्य व्यक्त गरेका थिए । तर, पौडेल भने अर्को संस्थाको प्रमुख व्यक्तिको रुपमा नियुक्ती खान लबिङमा रहेकाले आयल निगममा दोस्रो कार्यकालका लागि आवेदन नदिएको बुझिएको छ ।

उच्च तहका राजनीतिक व्यक्तिलाई प्रभाव पार्न सक्ने पौडेल २०७१ फागुमा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक बनेका थिए । त्यस लगत्तै उनी आयल निगमको एमडी बनेका थिए । अब भने पर्यटन बोर्डको सीईओ बन्ने योजनामा छन् ।

राजनीतिक रुपमा कांग्रेस निकट भए पनि पौडेल सबै दलका नेताहरुलाई रिजाउन माहिर छन् । त्यसैले उनी जुन राजनीतिक दलको सरकार भने बने पनि नियुक्त भने खान कहिदै छुट्दैन् । यो पटक आलेसँग नजिकको सम्बन्ध बनाएर उनी पर्यटन बोर्डको सीईओ बन्ने दाउमा छन् ।

चाटर्ड एकाउन्टेन्ड पौडलेल चतुर व्यवस्थापकका रुपमा रहेका उनीसँग काम गर्ने पूर्व सहकर्मीहरु बताउँछन् । उनी अग्रिम रकम बुझाएर राजनीति नियुक्ती लिने व्यक्तिमा पर्दैन । नेतृत्व तहमा पुगेपछि आफूलाई नियुक्ती दिनेलाई आर्थिक लाभ दिने रोड म्याप देखाउँछन् । र, जुनै सुकै राजनीतिक दलले सरकारको नेतृत्व गरे पनि उनी नियुक्ति लिन माहिर छन् ।

यसका लागि आले पनि सकारात्मक छन् । ओली सरकारको पालामा नियुक्त लिएका रेग्मी हटाएर सबै दलका एस म्यान पौडलेलाई सीईओ नियुक्त गर्न आले लागि परेका हुन् ।

सुरेन्द्र पौडेल आयल निगममा पनि राम्रो काम गर्ने एमडीको रुपमा चिनिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स