एक वर्षमा डेढ लाख पर्यटक भित्रिए, गत वर्षको तुलनामा ३५ प्रतिशतले कमी

काठमाडौं । कोभिड-१९ को प्रकोप विश्वभर कम हुँदै गए पनि सन् २०२१ मा नेपालमा विदेशी पर्यटकको आगमनमा सुधार हुन सकेन । सन् २०२१ मा विभिन्न देशबाट एक लाख ५० हजार ९६२ पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

यो अघिल्लो वर्ष सन् २०२० को तुलनामा ३४.४ प्रतिशतले कम हो । कोभिड महामारीकै बीच सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा देखिन्छ ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी भारतबाट ६४ हजार ६७३ जना पर्यटक नेपाल आएका छन् भने दोस्रो स्थानमा अमेरिकाबाट २२ हजार ८५३ जना पर्यटन नेपाल आएका छन् ।

त्यसैगरी बेलायतबाट ८ हजार ६८० जना, चीनबाट ६ हजार १९६ जना पर्यटन नेपाल आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स