६८ लाख लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । नगरपालिकाले कावासोती-१ बालुवाडाँडामा ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो ।

लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले जानकारी दिए । सो भ्यूटावरबाट जिल्लाका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी नदीको दृश्यावलोकन गर्न सकिने र केही दिनमा नै सञ्चालनमा आउने बताइएको छ ।

सो स्थानमा उद्यान, रेष्टुराँ, शौचालय, सवारीसाधन पार्किङसमेत निर्माण गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएको इन्जिनियर पवन रुपाखेतीले जानकारी दिए । सो स्थानमा सम्पूर्ण भौतिक पूर्वाधार निर्माणको लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार सबै काम सक्न एक करोड ८४ लाख खर्च लग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘हामीले त्यहाँको सबै काम सक्दा एक करोड ८४ लाख लाग्ने गरी डीपीआर निर्माण भएको थियो’, उनले भने, ‘अहिले भ्यूटावर मात्रै निर्माण भएको छ त्यसको लागत करिब ६८ लाख मात्रै छ ।’

कावासोती–१ बालुवाडाँडा ढोणेमा करिब ६० घर परिवार गुरुङ र मगर समुदायको बस्ती रहेकाले होमस्टे (घरबास) सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको छ । भ्यूटावर निर्माण सुरु भएको ठाउँभन्दा केही पर मानवनिर्मित ‘पोखरी ताल’ छ ।

पोखरी ताल र भ्यूटावर एउटै स्थानमा भएकाले यस क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने जनाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्र फलफूल चोकबाट झण्डै १७ किलोमिटर उत्तरतर्फको पहाडमा भ्यूटावर निर्माण गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स