पर्यटन बोर्डको सीईओ रेग्मी निलम्बन

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । युरोप भ्रमणबाट फर्कदा विमानस्थलमा भन्सारका कर्मचारी कुटेको आरोपमा पर्यटन मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

पर्यटन मन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बोर्डका सीइओ रेग्मीलाई निलम्बन गरी छानबिन समिति गठन गरिएको बताए । समितिले प्रतिवेदन बुझाएपछि थप काम कारवाही अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स