त्रिभुवन विमानस्थलमा विदेशी सिमकार्डको स्टल राख्न ३ करोड भाडा तोकिएपछि कोहि आएनन्

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनमा विदेशी सिमकार्डको स्टल राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणले चाहेको छ ।

अन्तराष्ट्रिय टर्मिनल भवनको प्रस्तान तर्फ सप नं ७ ओगटेको १२ दशमलव ४२ बर्गमिटर क्षेत्रफलको ठाउँमा बाह्य देशको सिमकार्ड पसल राख्न खोजिएको हो ।

पसल राख्न खोज्नेहरुको लागि नागरिक उड्डयन प्राधिकरणले आब्हान गरे पनि अहिले सम्मको कोहि आएका छैनन् ।
दुई पक सूचना जारी गर्दा समेत कोहि नआएपछि अहिले तेस्रो पटक सूचना जारी गरिएको छ ।

त्यसको न्यूनतम भाडा वार्षिक ३ करोड १४ लाख रुपैयाँ तोकिएको छ । मासिक करिब २६ लाखको दरले बुझाउनुपर्ने भाडा महँगो नभर हो वा त्यस सम्बन्धमा व्यवसायको आइडिया भएको व्यक्रि तथा फर्म नभेटिएर हो कोहि पनि नआएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बोलपत्र दस्तुर ५ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स