मिनि क्यासिनोको क्षमता बढाउने पर्यटन विभागको तयारी

काठमाडौं । मिनि क्यासिनोको अनुमति लिने कम्पनीको क्षमता बढाउने तयारी पर्यटन विभागले गरेको छ । ठूलो क्यासिनको रुपमा क्षमता बढाउने तयारी भएको हो ।

अहिले पर्यटन विभागले अनुमति प्रदान गरेको ९ वटा क्यासिनो मात्रै संचालनमा छन् । तीन वटा क्यासिनो विभागले कारवाही गरेपनि अदालतको अन्तरिम आदेशको भरमा चलिरहेका छन् ।
ठूला क्यासिनो संचालन हुन ५ तारे होटलको हुनपर्छ ।

तर पयर्टन विभागले त्यसका अलावाको होटलमा समेत संचालन गर्न पाउने गरि मिनि क्यासिनोे अनुमति प्रदान गरेको छ । १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनो लाइसेन्स वितरण भैसकको छ । ती क्यासिनो संचालनमा समेत रहेका छन् ।

मिनि क्यासिनोको लाइसेन्स पाइका केहि क्यासिनोको क्षमता वृद्धि गर्दै ठूला क्यासिनको अनुमाति माग भएको छ ।
सोहि अनुसार पर्यटन विभागले क्यासिनोको क्षमता वद्धि गर्दै ठूला क्यासिनोको लाइसेन्स वितरणको तयारी गरेको हो ।

विभागका एक अधिकारीका अनुसार ठूला क्यासिनोको अनुमति प्रदान गर्ने तयारी भएको हो । तर त्यसको मापदण्ड पुर्याएको छ वा छैन त्यो विषय भने बुझ्ने काम अहिले भैरहेको उनको भनाई छ । उनी भन्छन्, ‘विभागमा माग भए बमोजिम क्षमता वृद्धि गर्ने भन्ने छलफल भएको र सोहि अनुसार प्रक्रिया अघि बढाइएको हो ।’

मिनि क्यासिनो उपत्यका बाहिर पनि धेरै छन् । ती स्थानहरुबाट नै क्षमता वृद्धिको माग धेरै भैरहेको छ ।
साथै नयाँ खुलेका तारे होटलमा समेत नयाँ क्यासिनो संचालनको अनुमति माग भैरहेको छ ।

ती होटलहरुमा संचालन हुने गरि नयाँ लाइसेन्स समेत दिने तयारी विभागले गरेको छ ।
विभागका अनुसार अहिले २ सय १२ वटा होटल संचालनमा छन् । १ सय ३२ रिसोर्ट संचालनमा छन् ।

४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स)को अनुमति विभागबाट पाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स