काठमाडौं । मनकामना केबलकार स्थापना भएको २६ वर्ष पुरा भइ २७ वर्षमा प्रवेश गरेको छ । आज उक्त कम्पनीले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ ।
माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको कम्पनीले आफू गौरवान्वित भएका प्रेस विज्ञप्तीद्वारा जनाकारी गराएको छ ।
२६ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई सम्झदै उहाँको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको कम्पनीले उल्लेख गरेको छ ।
केवुलकार संचालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । २६ वर्ष पुगिसकेको यो ब्लबयिनगभ प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् म्ष्नष्तब िप्रणालीमा स्तरोन्नति गरिएको छ ।
मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ ।
रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने छ । संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएका छौं । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।
. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उहाँको पुण्य नीति पारेर कम्पनीले शुरूदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी नीति अंगालेर अघि बढेको छ । यस अन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएका छौं ।
विनाशकारी गोरखा भूकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । नीति अनुसार नै हामीले केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत÷१ प्रतिशत का दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएका छौं ।
आज हामीलाई यहाँ सम्म ल्याई पु¥याउन मद्दत गर्नु हुने सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा इच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा यस कम्पनीले हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेको छ ।