खुशीहरू साट्ने मान्छे दु:ख पर्दा आइनौ
सकिनौ कि दु:ख हेर्न कि खबरै पाइनौ!
यात्राभरि अनेक काँडा कति लागे ठेस
स्वार्थी मनलाई बोक्नुभन्दा छुट्टिएकै बेस।
सधैँ साथमा हुन्छु भन्थ्यौ...
जून जस्तो सुन्दर मुहार छोपेकी हौ किन
खोल्दिए त घुम्टी तिम्ले हेर्थेँ एकै छिन।।
सुकुमार जीउडाल देख्दा लोभियो नि आँखा
हुन्छ मात्र भनिदिए राख्थे तिम्लाई काख
कसको भाग्य...
दोबाटोमा मुस्कान छर्दै यात्रा अन्तै मोड्यौ
तिमी गयौ अन्तै कतै झल्को यतै छोड्यौ।।
कहाँबाट आयौ तिमी कताको थ्यो यात्रा
कुन संयोगले भेट भयो रह्यो याद मात्र
लुकाउन बैँस...
मेरो हो कि तिम्रो पो हो कसको भाग्य फुट्यो
यात्रा लामो होला भन्या बीच बाटोमै टुट्यो ।।
कति कुरा मनभित्रै गुम्सिएर पोका परे
पिरतीका फूलहरू गाँस्नै नपाई...