सुडानी सेनाले प्रदर्शनकारी माथि गोली चलाउँदा ७ जनाको मृत्यु, १४० जना घाइते

काठमाडौं । सुडानी सेनाले प्रदर्शनकारी माथि गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ । त्यस्तै सेनाको गोली लागेर १४० जना घाइते भएका छन् ।

सैनिक ‘कु’को विरोध गर्दै राजधानी खार्तुमसहित अन्य सहरका सडकमा प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाएको हो ।

प्रधानमन्त्री अब्दल्लाह हामदोक र अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरेपछि मानिसहरुले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

अमेरिका, यूके, ईयू, यूएन र अफ्रीकन युनियनले राजनीतिक नेताहरूको रिहाइको माग गरेका छन् ।

सेनाले सोमबार प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो । ‘कू’ पछि अधिकांश इन्टरनेट र टेलिफोन सेवा काटिएको छ । विमानस्थल बन्द गरिएको छ र अन्तर्राष्ट्रिय उडान निलम्बन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स