टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेका लागूऔषध तस्करका बाबा पक्राउ

काठमाडौं । कोलम्बियाका लागूऔषध तस्करका बाबा तथा सर्वाधिक खोजी गरिएको आपराधिक समूहका नायिके पक्राउ परेका छन् । ओटोनियल भनेर समेत चिनिने डेरो एन्टोनियो उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियललाई पक्राउ गरेको हो ।

त्यस्तै, ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो भने अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो ।

उनको पक्राउप्रति कोलम्बियाका राष्ट्रपति इभान ड्युकले खुसी व्यक्त गरेका छन् । ‘यसले देशमा बढ्दो लागूऔषध तस्करलाई ठूलो झड्का दिएको छ,’ उनले बताए ।

ओटोनियल उत्तरपश्चिम प्रान्तको एउटा ग्रामीण क्षेत्रबाट पक्राउ परेका थिए । उनी लुकेको क्षेत्र पानामासँगको सीमा जोडिएको छ ।

उनीविरुद्धको कारबाहीमा एक प्रहरी अधिकारी मारिएको जनाइएको छ । ओटोनियललाई हथकडी लगाएर सुरक्षा प्रदान गरेको एउटा तस्विर कोलम्बियाली सेनाको फौजले सार्वजनिक गरेको छ । ५० वर्षीय ओटोनियललाई पक्राउ गर्न त्यहाँको सेनाले अनेकौं ठूला कारबाही चलाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स