खोप लगाउनेलाई भत्ता दिने देश अमेरिका

काठमाडौं । अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेहरुले उल्टै एक सय डलर भत्ता पाउने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका हुन् ।
कोरोनाको संक्रमण बढिरहेको र नागरिकहरुमा खोप लगाउने चाहना घटेपछि बाइडनले भत्ता आव्हान गरेर भएपनि आम नागरिकलाई खोप लगाउने योजना अघि सारेका हुन् ।

राज्यहरुले कोरोना विरुद्ध खोप लगाउने नागरिकहरुलाई प्रति व्यक्ति एक सय डलर दिएमा सो रकम अमेरिका रेस्क्यु प्लानबाट सोधभर्ना पाउनेछन् । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण व्यापक मात्रामा फैलिईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स