पन्जशिर पस्यो तालिवान, लडाकू र रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान

काठमाडौं । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकू र त्यहाँका विद्रोही नेसनल रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान भएको छ । काबुल कब्जामा लिए पनि तालिवान अहिलेसम्म पन्जशिर उपत्यकामा पस्न सकेको थिएन । आफ्ना लडाकू पन्जशिर उपत्यकामा पसेर फ्रन्टका सेनाबिरुद्ध सशक्त कारबाही गरेको तालिवानले दाबी गरेको छ ।

तालिवानको हमलालाई आफ्ना हजारौं सेनाले निस्तेज बनाएको फ्रन्टले दाबी गरेको छ । फ्रन्टले पन्जशिरलाई कुनै हालतमा आफ्नो नियन्त्रणबाहिर जान नदिने बताउदै आएको छ । पन्जशिर विद्रोहलार्इ पूर्व उपराष्ट्रपति अमरुल्लाह सलेस, अफगान सुरक्षा फौजका पूर्व सदस्य तथा स्थानीय जनजाती नेता अहमद मसुदको समर्थन छ ।

पन्जशिर उपत्यकामा यसअघि पनि स्वदेशी र विदेशी सेनाले हमलाको प्रयास गरेका थिए । तर, पन्जशिर सतिसाल झैं उभियो । सन् १९८० को दशकको सोभियत आक्रमण र सन् १९९० को दशकमा भएको तालिवानको हमलालार्इ मसुदका बाबुले निस्तेज पारिदिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स